समाज


सरकारको छड्के अनुगमन : तीनकुनेको भ्यालीबाबा पेट्रोल पम्प सिल (तस्बिरहरू)

सरकारको छड्के अनुगमन : तीनकुनेको भ्यालीबाबा पेट्रोल पम्प सिल (तस्बिरहरू)

तस्बिर : सरोज बैजु


नेपालखबर
असोज ३०, २०८० मंगलबार १७:१६, काठमाडौँ

सरकारले काठमाडौंका केही पेट्रोल पम्पहरूमा छड्के अनुगमन गरेको छ। काठमाडौंका केही पम्पमा कम मात्रामा पेट्रोल वितरण हुने गरेको, कमसल पेट्रोल वितरण भएको लगायतका गुनासाहरू आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा मंगलबार छड्के अनुगमन गरिएको हो। 

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजाल, मुख्य सचिव बैकुण्ठ अर्याल लगायतका सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर अनुगमनका लागि निर्देशन दिएका थिए। 

सोही अनुसार दिउँसो काठमाडौंका केही पेट्रोल पम्पमा अनुगमन गरिएको हो।

अनुगमनका क्रममा तीनकुनेस्थित भ्यालीबाबा पेट्रोल पम्पमा सिल गरिएको प्रधानमन्त्रीका स्वकिय सह– सचिव गोकर्ण भट्टले जानकारी दिए। उक्त पम्पले कम मात्रामा पेट्रोल वितरण गर्दै आएको भेटिएपछि सिल गरिएको उनले बताए।

वाणिज्य मन्त्रालय, प्रधानमन्त्रीको सचिवालय, नापतौल तथा गुणस्तर विभाग र काठमाडौं जिल्ला प्रशासन कार्यालयका अधिकारीहरू सम्मिलित टोलीले पम्पहरूमा अनुगमन गरेको हो। 

सोमबार पेट्रोलियम पदार्थको मूल्य घटेसँगै केही पम्पहरूले हिजो बिक्री वितरण नगर्ने चेतावनी दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad