अमेरिकाको न्युयोर्कमा हराएकी एक नेपाली महिला २ दिनपछि सकुशल फेला परेकी छन्।
न्युयोर्कको क्विन्सबाट शुक्रबार बिहानदेखि बेपत्ता ६८ वर्षीया निर्मला मैनालीलाई आइतबार राति फेला पारिएको उनको परिवारले जनाएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार उनी साउथ ओजन पार्कस्थित छोरी–ज्वाईंको घरबाट शुक्रबार बिहान ८ बजेतिर मर्निङ वाकमा निस्किँदा बाटो भुलेर बेपत्ता भएकी थिइन्।
शुक्रबार अपराह्न ४ बजेसम्म पनि घर नफर्केपछि उनको खोजी सुरु गरिएको थियो। स्थानिय प्रशासन, अस्पताल र तथा अन्य सार्वजनिक सहयोग निकायहरूलाई यसबारे जानकारी गराइएको थियो।
खोजीका क्रममा उनलाई सकुशल फेला पारिएको पारिवारिक स्रोतले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ। तर कहाँ र कुन अवस्थामा फेला पारिएको भन्नेबारे केही उल्लेख गरिएको छैन। उनी न्युयोर्क गएको तीन दिन मात्र भएको थियो।
Shares

प्रतिक्रिया