ग्लोबल


इजरायली आक्रमणबाट हजार प्यालेस्टिनी बेपत्ता, ध्वस्त भवनमा दबिएको दाबी

इजरायली आक्रमणबाट हजार प्यालेस्टिनी बेपत्ता, ध्वस्त भवनमा दबिएको दाबी

नेपालखबर
असोज २९, २०८० सोमबार २०:३१, काठमाडौँ

इजरायलको आक्रमणमा परी गाजामा हजारभन्दा बढी मानिस बेपत्ता भएको प्यालेस्टिनी सिभिल डिफेन्सले जनाएको छ। 

ती व्यक्ति इजरायली बम आक्रमणमा ध्वस्त भएका घर र भवनहरू मुनि दबिएको बताइएको छ। 

गाजामा हमासद्वारा सञ्चालित आन्तरिक मन्त्रालयका प्रवक्ता इयाद अल–बोजोमले पनि गाजामा हजारभन्दा बढी व्यक्ति बेपत्ता भएको पुष्टि गरेका छन्।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता गाजामा २ हजार ७ सय ५० प्यालेस्टिनीको मृत्यु भएको र ९ हजार ७०० जना घाइते भएको जनाएको छ।

उसका अनुसार वेस्ट बैंकमा अन्य ५८ जनाको मृत्यु र १ हजार २५० जना घाइते भएका छन्। 

प्यालेस्टिनी पत्रकार सिन्डिकेटका अनुसार मारिनेहरूमा ११ प्यालेस्टिनी पत्रकार पनि छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad