समाज


ट्रक चालक र सहचालकबाट मोरङमा महिलामाथि सामुहिक बलात्कार

ट्रक चालक र सहचालकबाट मोरङमा महिलामाथि सामुहिक बलात्कार

नेपालखबर
असोज २९, २०८० सोमबार १७:१५, काठमाडौँ

मोरङमा महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा तीन जना ट्रक चालक र सहचालक पक्राउ परेका छन्। उनीहरुले २५ वर्षीया महिलालाई शनिबार राति मोरङको बरगाछिस्थित चौरमा बलात्कार गरेको आरोप छ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका ११ तुल्ही बस्ने वर्ष २० को विनोद चौहान, सोही ठाउँका ४० वर्षीय टेकबहादुर तामाङ र एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन दाहालले बताए।

उनीहरुविरुद्ध जवरजस्ती करणी अन्तर्गत जिल्ला अदालतबाट म्याद लिई प्रहरीले अनुसन्धान अगाडी बढाएको छ।

शनिबार बेलुका विराटनगर पुगेपछि उनीहरुले चौरमा ट्रक राखेर बाहिर निस्किएका थिए। बाहिरै होटलमा खाना खाएर सिटी सफारिमा फर्किने क्रममा उनीहरुको ती महिलासँग भेट भएको थियो।

सिटी सफारिमै महिलालाई प्रलोभनमा पारेर उनीहरुले ट्रक राखेको चौरमा ती महिलालाई लगेका थिए। चौरमा सामुहिक बलात्कार भएपछि महिलाले चिच्याएकी थिइन्।

उनी चिच्याएपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा चारै जना घटनास्थलमै थिए। बलात्कारमा संलग्न तीन जना र ती महिलालाई प्रहरी कार्यालय लगिएको थियो।

ती महिलाले तीन जनाविरुद्ध बलात्कारको आरोपमा किटानी जाहेरी दिएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad