ad ad

समाज


मनाङ एयरको दुर्घटनामा परेका पाइलटको थप उपचार भारतमा हुने

अस्पताल भन्छ– ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्थामा छ
मनाङ एयरको दुर्घटनामा परेका पाइलटको थप उपचार भारतमा हुने

नेपालखबर
असोज २७, २०८० शनिबार २०:२, काठमाडौँ

शनिबार बिहान दुर्घटनामा परेको मनाङ एयरको (९एन–एएनजे) हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट प्रकाश सेढाईंको थप उपचारका लागि भारत लगिने भएको छ। 

उनको थप उपचारका लागि आजै भारतको नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भएको ह्याम्स अस्पतालले शनिबार साँझ विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। 

शनिबार बिहान लुक्लाबाट (लोबुचे–सोलुखुम्बु) हेलिकप्टर दुर्घटनामा परेको थियो। 

अस्पतालका अनुसार साँझ साढे सात बजे उनलाई विमानमार्फत् थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ। 

उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था रहेको अस्पतालले बताएको छ। फोक्सो र मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या देखिएको अस्पतालका डा. सबिन कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

उनको इमर्जेन्सी कक्षमा सुरू गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .