ad ad

राजनीति


कोशीको राजनीतिक परिस्थितिले संघीय सरकारलाई कुनै असर गर्दैन : कृषिमन्त्री भुसाल

कोशीको राजनीतिक परिस्थितिले संघीय सरकारलाई कुनै असर गर्दैन : कृषिमन्त्री भुसाल

नेपालखबर
असोज २७, २०८० शनिबार २०:२६, काठमाडौँ

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेकपा मुलुकमा एमालेले अत्यन्तै गैरजिम्मेवार भुमिका निर्वाह गरिरहेको आरोप लगाएका छन्।

संघ, प्रदेश र संसद पनि एमालेले गैरजिम्मेवारी भूमिका निर्वाह गरिरहेको उनको जिकिर थियो। शनिवार जनकपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भुसालले कोशी प्रदेशमा उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिले संघीय सरकारलाई कुनै असर नगर्ने दावी समेत गरे। 

उनले एमालेले मुलुकमा अस्थिरता निम्त्याउने प्रयत्नलाई जारी राखेको पनि बताए।

‘एमाले मुलुकमा अस्थिरता चाहन्छ। र, अस्थिरतामा आफूले फाईदा लिन चाहन्छ। अहिले पनि उसको भूमिका त्यही नै छ। चाहे प्रदेश सरकारको कुरा गरौँ, चाहे संघीय सरकारको कुरा गरौं। चाहे संसद भित्रको कुरा गरौं,’ उनले भने, ‘जहाँ पनि उसको भूमिका भनेको मुलुकका राजनीतिक अस्थिरता सृजना गर्ने। त्यस्तो खालको गतिविधि गर्ने गरेको छ। अत्यन्तै गैरजिम्मेवार भूमिकामा एमाले छ। उसको प्रयत्न त होला, तर त्यसले तात्विक भिन्नता ल्याउँला जस्तो मलाई चाहीँ लाग्दैन। कोशी प्रदेशमा चाहीँ अत्यन्तै साँघुरो मत भएको हुनाले त्यसो हुन गएको हो।’

एक अर्को प्रसंगमा मन्त्री भुसालले सरकारले कृषि क्षेत्रमै रोजगारीको अवसर सिर्जना गर्नका लागि अभियान चलाउन लागेको बताए। बाँझो जमिनको पहिचान गरी त्यस्ता जमिनमा खेती गर्नका लागि किसानहरुलाई प्रेरित गर्ने उनको योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .