समाज


मुस्ताङमा लेक लागेर ४ दिनमा ३ विदेशी पर्यटकको मृत्यु

मुस्ताङमा लेक लागेर ४ दिनमा ३ विदेशी पर्यटकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
असोज २५, २०८० बिहिबार ७:३१, काठमाडौँ

हिमालपारीको जिल्ला मुस्ताङमा लेक लागेर चार दिनको अवधिमा तीन जना विदेशी पर्यटकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा भारतीय नागरिक तेलंगनाका ६६ वर्षीय सत्यनारायण र तमिननाडुका ६५ वर्षीय रेवती छन्। त्यसैगरी युक्रेनी नागरिक ३५ वर्षीया आन्ना पानिनाको पनि लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङ सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिए।

युक्रेनी नागरिक आन्ना यहि असोज १९ गते कागबेनीबाट हिँडेरै मुक्तिनाथ गएकी थिइन्। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ झोङमा पुगेपछि उनी लेक लागेर गम्भीर बिरामी परेकी थिइन्। 

त्यसपछि उपचारको लागि जिल्ला अस्पताल जोमसोम पुर्याउँदा स्वास्थ्यकर्मीले आन्नालाई मृत घोषणा गरेका प्रहरी निरीक्षक गौतमले जानकारी दिए। पोष्टमर्टमको लागि उनको शव हेलिकप्टरमार्फत शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ।

त्यसैगरी यहि असोज २१ गते मुक्तिनाथ पुगेका भारतीय नागरिक सत्यनारायणको पनि लेक लागेर मृत्यु भएको छ। मुक्तिनाथ पुगेपछि उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो। तत्कालै उनलाई उपचारको लागि जिल्ला अस्पताल जोमसोम लगिएको थियो।

त्यहाँ उपचार सम्भवन नभएपछि उनलाई हेलिकप्टरमार्फत् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारको क्रममा पोखरामै उनको मृत्यु भएको हो। 

त्यसैगरी असोज २३ गते मुस्ताङको प्रवेशद्वार घाँसा पुगेपछि भारतीय नागरिक रेवतीमा श्वासप्रश्वासको गम्भीर समस्या देखिए थियो।

उनलाई तत्कालै लेतेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पोष्टमर्टम गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad