समाज


सशस्त्र प्रहरी र एसएसबीबीच नेपाल-भारत सीमा सुरक्षाबारे छलफल

सशस्त्र प्रहरी र एसएसबीबीच नेपाल-भारत सीमा सुरक्षाबारे छलफल

नेपालखबर
असोज २३, २०८० मंगलबार १३:५१, काठमाडौँ

सशस्त्र प्रहरी बल, नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास, महोत्तरी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) मुजफारपुर, बेतिया र पुर्नियाको सेक्टर हेडक्वाटरबीच बाहिनीस्तरीय सीमा समन्वय बैठक सम्पन्न भएको छ।

नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह र एसएसबीको मुजफारपुर सेक्टर हेडक्वाटरका डीआइजी दिपक कुमारको नेतृत्वमा बैठक सम्पन्न भएको हो।

समन्वय बैठकमा सीमा अपराध, सीमामा हुने अवैध गतिविधि नियन्त्रण तथा रोकथाम, साम्प्रदायिक एवं धार्मिक सहिष्णुता कायम राख्नको लागि कुनैपनि किसिमका अवाञ्छित गतिविधि हुन नदिन तथा दशगजा अतिक्रमण हुन नदिन, लागुऔषध ओसारपसार नियन्त्रण, मानब ओसारपसार तथा बेचबिखन नियन्त्रण लगायतका विषयमा छलफल भएको सशस्त्रले जनाएको छ।

त्यस्तै दुवै पक्षले अन्य सरोकारवाला संघ संस्थाहरुसँग आवश्यक समन्वय गरी सीमा क्षेत्रमा हुने आर्थिक अपराध नियन्त्रणमा सहकार्य गर्ने तथा नजिकिदै गरेको चाडपर्वहरुलाई लक्षित गरी सीमावर्ती क्षेत्रमा आवागमन सहज तथा सुरक्षित बनाउनको लागि हेल्प डेस्क स्थापना कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने विषयहरुमा समेत छलफल भएको थियो।

कार्यक्रममा बेतिया सेक्टर हेडक्वाटरका डीआइजी सुरेश सुबरमनियम र न. २ छिन्नमस्ता बाहिनी मुख्यालयका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेल लगायत प्रदेशस्थित सशस्त्र प्रहरी बल  नेपालका इकाई प्रमुखहरुको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad