ad ad

समाज


जति छिटो स्वीकृति, त्यति छिटो नेपालीलाई लिन इजरायल उड्नेछ जहाज

जति छिटो स्वीकृति, त्यति छिटो नेपालीलाई लिन इजरायल उड्नेछ जहाज

नेपालखबर
असोज २२, २०८० सोमबार १६:२४, काठमाडौँ

हमासको आक्रमणमा मारिएका नेपाली विद्यार्थी तथा अन्य नेपालीहरूलाई फिर्ता ल्याउन हवाई स्वीकृतिका लागि सरकारले आवश्यक प्रक्रिया सुरु गरेको छ। 

नेपालबाट जाने जहाजका लागि स्वीकृति प्राप्त हुनासाथ घटनामा मारिएका नेपाली विद्यार्थी र असुरक्षित महसुस गरेका नेपालीहरूलाई ल्याउन काठमाडौँबाट जहाज इजरायलतर्फ उड्नेछ। 

‘असुरक्षित महसुस गरिरहेका नेपाली र आक्रमणमा मारिएका नेपालीहरूलाई ल्याउन जहाज तयारी हालतमा छ’ परराष्ट्र स्रोतले भन्यो, ‘इजरायली पक्षबाट स्वीकृति प्राप्त भएपछि जहाज त्यसतर्फ प्रस्थान गर्नेछ।’

स्रोतका भनाईमा, इजरायल हमासविरुद्ध युद्धको स्थितिमा रहेकाले सामान्य अवस्थामा जस्तो विमान चार्टर गरेर जान सहज छैन। 

यद्यपी, परिस्थितिको संवेदनशीलता बुझेर हवाई उडानको स्वीकृति प्राप्त हुने र छिट्टै असुरक्षित अवस्थामा रहेका नेपालीहरु र मृतकहरुको शव ल्याउने सकिने आशामा परराष्ट्र मन्त्रालयका अधिकारीहरू छन्। 

मन्त्रालयका एक अधिकारीको भनाइमा, नेपाल फर्कन चाहने नेपालीहरूको लागत इजरायलस्थित नेपाली राजदूतावासले संकलन गरिरहेको छ।

नेपाल फर्कन चाहनेहरूको संख्या हेरेर इजरायल जाने जहाजको प्रकृति यकिन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .