समाज


काठमाडौं महानगरले प्रत्येक वर्ष ५ हजारलाई रोजगारी र १५ हजारलाई सीपमूलक तालिम दिने (भिडिओ)

काठमाडौं महानगरले प्रत्येक वर्ष ५ हजारलाई रोजगारी र १५ हजारलाई सीपमूलक तालिम दिने (भिडिओ)

नेपालखबर
असोज २१, २०८० आइतबार २१:२०, काठमाडौँ

काठमाडौं महानगरपालिकाले ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ गौरव योजना अघि सारेको छ। मेयर बालेन्द्र शाहले यसबारे आइतबार जानकारी गराउँदै हरेक वर्ष ५ हजार नयाँ रोजगारी र १५ हजारलाई सीपमुलक तालिम दिनेगरी योजना ल्याइएको उल्लेख गरेका छन्। 

बेरोजगारी समस्यालाई ३ वर्षभित्र समाधान गर्न कम्तीमा १५ हजारलाई सीपमूलक तालिम समेत दिने उनले उल्लेख गरेका छन्। 

श्रम बैंक मार्फत काम गर्ने बताइएको सो अभियानमा महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याएर रोजगारीको अवसर सिर्जना गराइने बताइएको छ। 

रोजगारदाताहरूलाई सीप युक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्य सहित श्रम बैंकका योजना अन्तर्गत कार्यक्रम सञ्चालनमा ल्याएको मेयर शाहले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad