समाज


सुत्केरी व्यथाले थलिएको १७ घन्टापछि हेलिकोप्टरमार्फत् उद्धार

सुत्केरी व्यथाले थलिएको १७ घन्टापछि हेलिकोप्टरमार्फत् उद्धार

फाइल तस्बिर


नेपालखबर
असोज १९, २०८० शुक्रबार ५:३२, सुर्खेत

हिमाली जिल्ला हुम्लामा सुत्केरी व्यथा लागेर थला परेकी एक महिलालाई १७ घन्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

सुत्केरी व्यथा लागेर थला परेकी अदानचुली गाउँपालिका-४ की २३ वर्षीया राजकला ढकाललाई हेलिकोप्टरबाट उद्धार गरी कालागाउँस्थित सुर्खेत प्रदेश अस्पताल ल्याइएको स्वास्थ्य शाखा प्रमुख हंशबहादुर महताराले बताए।

आमा र शिशुको ज्यान बचाउन विभिन्न निकायमा पहल गरी बिहीबार हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

पाण्डेको गर्भमा रहेको शिशुको जन्म हुने समय यसै महिनाको २० गतेका लागि तोकिएको थियो।

व्यथा लागेपछि श्रीनगर स्वास्थ्यचौकीमा भर्ना भएकी उनको जटिलस्थिति (ब्रिज प्रिजेन्टेसन) भएकाले बुधबार नै रेफर गरिएपनि यातायातका साधनको अभावमा विहीबार मात्र सुर्खेत पुर्‍याइएको महताराले बताए।

पाण्डेको उद्धारका लागि प्रयोग भएको नेपाली सेनाको हेलिकोप्टर खर्च संघीय सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धारकार्यक्रमबाट ब्यहोरिने भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .