समाज


कीर्तिपुरमा ठक्कर दिएर मोटरसाइकल भाग्यो, १२ वर्षीय बालकको मृत्यु

कीर्तिपुरमा ठक्कर दिएर मोटरसाइकल भाग्यो, १२ वर्षीय बालकको मृत्यु

नेपालखबर
असोज १९, २०८० शुक्रबार ५:५४, काठमाडौँ

काठमाडौंको कीर्तिपुरमा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय एक बालकको मृत्यु भएको छ। 

बिहीबार नम्बर नखुलेको मोटरसाइकलले कीर्तिपुर नगरपालिका नजिकैको ल्याबरेटोरी स्कुल अगाडि ठक्कर दिँदा १२ वर्षीय सुरज मगरको मृत्यु भएको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ।

सिन्धुपाल्चोक घर भई कीर्तिपुरमा डेरा गरी बस्ने बालक मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि बल्खुस्थित बयोधा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। 

बालकलाई ठक्कर दिएपछि मोटरसाइकल भागेको प्रहरीले जनाएको छ। प्रहरीले सीसीटीभी फुटेजको माध्ययमबाट मोटरसाइकल चालकको खोजी सुरु गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad