ad ad

समाज


नेपालमा चट्याङ : वर्षमा औसत १ सयको मृत्यु, ३ सय घाइते

नेपालमा चट्याङ : वर्षमा औसत १ सयको मृत्यु, ३ सय घाइते

नेपालखबर
असोज १८, २०८० बिहिबार १३:१५, काठमाडौँ

विदेशी वैज्ञानिकको सहभागितामा चट्याङ र यसको पूर्वसूचना प्रणाली तथा रोकथामका विषयमा नेपालमा जारी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत २० वटा शोधपत्रमाथि छलफल भएको छ। 

ती शोधपत्रमध्ये १२ वटा विदेशी विज्ञहरुले प्रस्तुत गरेका चट्याङविद् प्राडा श्रीराम शर्माले जानकारी दिए। सम्मेलनमा कूल ४४ वटा शोधपत्र प्रस्तुत हुँदैछन्। 

सम्मेलनमा आज जलवायु परिवर्तन र यसले पारेको असरका साथै त्यसबाट उत्पन्न हुने चट्याङलगायत विपद्जन्य परिस्थिति र चट्याङबाट हुने क्षति न्युनिकरणका लागि के गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुत शोधपत्रमाथि छलफल भएको शर्माले बताए। 

यस्तै चट्याङको पूर्वसूचना प्रणालीका विषयसमेतमा प्रस्तुत सोधपत्रमाथि  छलफल भएको छ। 

ललितपुरको पुल्चोकमा जारी सम्मेलनमा करिब १०० प्रतिनिधिको सहभागिता छ । हिजोदेखि सुरु तीन दिने सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तानलगायत देशका  विज्ञहरुको सहभागिता छ।

शुक्रबारसम्म चल्ने सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषयका बारेमा छलफल भइरहेको छ। मुख्यगरी यो सम्मेलनले नीति निर्माणका सहयोग गर्ने गरी रणनीति तय गर्ने चट्याङविद् शर्माले बताए।

चट्याङका दृष्टिकोणले नेपाल उच्च जोखिमयुक्त मुलकुमा पर्छ । अनुसन्धान भएका मुलुकमध्ये नेपाल चट्याङको चौथो जोखिमयुक्त मुलुकमा पर्ने विज्ञहरुले बताएका छन्। नेपालमा औसत वार्षिक १०० जनाले चट्याङमा ज्यान गुमाउने र ३०० भन्दा बढी घाइते हुने गरेका छन्।

सम्मेलन उद्घाटन गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले चट्याङजस्तो जटिल विषयमा नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिकको सहभागितामा सम्मेलन हुनु महत्वपूर्ण भएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .