ad ad

राजनीति


राप्रपाको प्रशिक्षक प्रशिक्षण धुलिखेलमा सुरु

राप्रपाको प्रशिक्षक प्रशिक्षण धुलिखेलमा सुरु

नेपालखबर
असोज १८, २०८० बिहिबार १३:२०, धुलिखेल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय प्रशिक्षक प्रशिक्षण आजदेखि धुलिखेलमा सुरु भएको छ। तीन दिने प्रशिक्षण कार्यक्रममा देशभरबाट छानिएका ५२ जनालाई राप्रपाले केन्द्रीय प्रशिक्षक प्रशिक्षण दिँदैछ।

नेसनल डेमोक्रयाट इन्स्टिच्युट (एनडीआई) को सहकार्यमा पार्टीको केन्द्रीय प्रशिक्षण विभागले प्रशिक्षक प्रशिक्षण सञ्चालन गरेको र यसपछि अभियानको रूपमा देशव्यापी प्रशिक्षण गर्ने विभागकी सहसंयोजक खुस्बु ओलीले जानकारी दिएकी छन्।

प्रशिक्षक प्रशिक्षणमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशा विषयमा प्रशिक्षण दिनेछन्।

यसैगरी वरिष्ठ उपाध्यक्ष, विभागका प्रमुख ध्रुबबहादुर प्रधानले प्रशिक्षणको महत्व र विभागको आगामी कार्यक्रम सम्बन्धमा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको नीति र सिद्धान्त सम्बन्धी, महामन्त्री शरदराज पाठकले समकालीन राजनीतिका सिद्धान्तहरु र राप्रपाको पृथक सिद्धान्त बारेमा प्रशिक्षण दिनेछन्।

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका निर्देशक गोकर्ण अवस्थीले ‘नेपाल्स इकोनोमी थ्रो युथ प्रोस्पेक्टिभ’ सम्बन्धमा, पर्पल फाउन्डेसनकी विज्ञ सिर्जना काफ्लेले ‘डिसइन्फर्मेसन एण्ड मिसइनफर्मेसन’ सम्बन्धमा, विभागकी सहसंयोजक खुस्बु ओलीले ‘युवा महिला केन्द्रित नवीन राप्रपा र नेतृत्व’ सम्बन्धमा प्रशिक्षण दिनेछन्।

यस्तै, विज्ञ आस्था दाहालले एनालाइसिस अफ इन्टिग्रेटेडेट इलेक्सन बिल थ्रो जिइएसआई पर्सपेक्टिभ’ को बारेमा, वरिष्ठ पत्रकार दिलभुषण पाठकले ‘लिडरसिप, पब्लिक स्पिकिङ एण्ड हाउ टु डिल विथ मिडिया’ सम्बन्धमा प्रशिक्षण दिने कार्यक्रम रहेको सहसंयोजक ओलीले बताइन्।

प्रशिक्षक प्रशिक्षणको दौरानमा वरिष्ठ अधिवक्ता डा. भिमार्जुन आचार्यसँग संविधानका बारेमा अन्तर्क्रियात्मक सेसन हुने पनि ओलीले जानकारी दिएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .