ad ad

समाज


१४ वर्षपछि आमाको अंगालोमा उमेश (फोटोफिचर)

१४ वर्षपछि आमाको अंगालोमा उमेश (फोटोफिचर)

शैलेन्द्र महताे
माघ १३, २०७६ सोमबार १२:२५,

धनुषाका उमेश यादवले सोमबार करिब करिब १४ वर्षपछि आमाको अंगालो पाएका छन्। वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबिया पुगेका उमेशले सम्मुखको मृत्यु जितेर फर्किएसँगै साढे १३ वर्ष लामो समयपछि परिवारलाई भेटेका हुन्।

पाकिस्तानी नागरिकको हत्या गरेको भन्दै उनीविरुद्ध सन् २०१८ मे १५ मा साउदी अदालतले मृत्युदण्ड सुनाएको थियो। त्यसपछि परिवारले समेत उनलाई भेट्ने आशा मारिसकेका थिए। तर सामाजिक अभियन्ता सरोज रायको पहलमा उनी अदालतबाट आममाफी पाउन सफल भए। त्यसलगत्तै उमेश गत बुधबार काठमाडौं अवतरण गरेका थिए। सोमबार धनुषा पुग्दा उनलाई श्रीमती सञ्जु यादव, छोराहरु कमलेश र हितेशले हर्षाश्रु बगाएर स्वागत गरेका थिए। पहिलोपटक श्रीमती र छोराहरु भेट्दा भक्कानिएका उमेश जनकपुरधाम पुगेर पूजा गरेर घर फर्किए। जहाँ उनलाई वृद्धा आमा कुमैरदेवीले मायाको न्यानो अंकमाल गरिन्। बुबा भोला यादवले न्यास्रो मेटे।

उमेशको आरती उतारियो। विवाहमा आउने बेहुला जस्तै देखिए उनी भने स्वागत गर्नेहरु जन्तीजस्तै। गाउँलेले उनको आगमनको भव्य स्वागत गरे। घरबाट झण्डै ७ सय मिटर परैबाट ब्यान्डबाजा, डिजेबाजा बजाएर उनको स्वागत गरियो। कार्यक्रममा कमला नगरपालिकाका मेयर राम उद्गार बैठा आफैँ उमेशको स्वागत गर्न पुगेका थिए।

तस्बिरहरू 

janakpur puge umesh 3
janakpur puge umesh 4
janakpur puge umesh 5
janakpur puge umesh 6
janakpur puge umesh 7
janakpur puge umesh 8
janakpur puge umesh 9
janakpur puge umesh 10
janakpur puge umesh 12
janakpur puge umesh 11
janakpur puge umesh 13
umesh janak 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .