ad ad

समाज


मध्यराति सडकको विरुवा उखेलेर फाल्ने महिला सीसीटीभीको सहायताले पक्राउ

मध्यराति सडकको विरुवा उखेलेर फाल्ने महिला सीसीटीभीको सहायताले पक्राउ

नेपालखबर
असोज १६, २०८० मंगलबार १०:३७, चितवन

चितवनको भरतपुर महानगरपालिकामा बिरुवा उखेलेर फाल्न एक महिला पक्राउ परेकी छिन्। 

भरतपुर महानगरपालिका ३ अन्तर्गत सहिदचोक–बेलचोक सडकखण्डमा रोपिएको बिरुवा उखेलेर फाल्ने सोही ठाउँकी २८ वर्षीया खुस्बी रौनियारलाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। 

सिसीटिभी फुटेजको आधारमा रातको समयमा आफ्नै पसल अगाडि रहेको बिरुवा उखलेर फालेको अभियोगमा रौनियारलाई पक्राउ गरिएको उनले बताए। 

उनले घर अगाडि रुख ठूलो भई असर पार्ने जनाउँदै बिरुवा उखेलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

केही दिनअघि मात्रै भरतपुर महानगरपालिकाले वृक्षरोपण महाअभियान चलाएर मेयर रेनु दाहाललगायतको उपस्थितिमा सडकमा बिरुवा रोपेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .