सप्तरीको डाक्नेश्वरी नगरपालकिाका–१ का वडाध्यक्षको निधन भएको छ।
वडाध्यक्ष हरिप्रसाद रायको हृदयघातका कारण आइतबार निधन भएको नगरप्रमुख रामलखन मलहाले जनाकारी दिए।
६५ वर्षीय राय पछिल्लो छ महिनायता प्यारालाइसिसका कारण बिरामी परेका थिए। उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित उपचार हुँदै आएको थियो।
घरमै हृदयघाटका कारण वडाध्यक्ष रायको निधन भएको हो। वडाध्यक्षको निधनको शोकमा आज डाक्नेश्वरी नगरपालिकामा शोक बिदा दिइएको छ।
विसं २०७९ को स्थानीय तहको निर्वाचनमा राय नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। रासस
141
Shares
प्रतिक्रिया