प्रवासमा बसेर गीत/संगीतमा सक्रिय रहेका सरोज अधिकारीले नयाँ गीत बजारमा ल्याएका छन्। उनले ‘आज किन’बोलको गीत बजारमा ल्याएका हुन्।
गीतको भिडिओ उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन्। सार्वजनिक गीतमा शब्द तथा संगीत प्रकाश बस्यालको रहेको छ।
हास्य कलाकार गोपाल नेपाल ‘फिस्टे’को निर्देशन रहेको यो गीतको छायांकन अमेरिकाको केन्टकी राज्यको लेन्जिनटन वरिपरि गरिएको छ।
विछोडको कथामा आधारित गीतको भिडिओमा शुभम् पाण्डे र स्मिता शरणको अभिनय छ।
गीतको भिडिओमा प्रदीप कम्माको सम्पादन, विक्रमको रंग संयोजन र पोष्टर डिजाइन राकेश दाहालको छ।
राजु तिमिल्सिना र अर्जुन थापाले भिडिओ छायांकन गरेका हुन्।
असोज १५, २०८०, साेमबार
12
Shares
प्रतिक्रिया