ad ad

समाज


जडीबुटी बसपार्क नभत्काउन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

जडीबुटी बसपार्क नभत्काउन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

नेपालखबर
असोज १२, २०८० शुक्रबार १६:४४, काठमाडौँ

उच्च अदालत पाटनले पूर्वअरनिको यातायातको अगुवाइमा काठमाडौंको जडीबुटीमा निर्माण भएको बसपार्क नभत्काउन आदेश दिएको छ। 

न्यायाधीश गोकर्ण डाँगीको इजलासले बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई अल्पकालिन अन्तरिम आदेश दिएको हो।

‘उल्लेखित छलफल हुने मितिसम्म सुविधा सन्तुलनको दृष्टिबाट प्रस्तुत निवेदक कम्पनीले बसपार्क संचालनका लागि व्यक्तिहरुको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरुलाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ (२) (ख) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम विपक्षीहरुका नाममा अल्पकालिन अन्तरिम आदेश गरिदिएको छ,’ आदेशमा भनिएको छ।

साथै, अदालतले असोज १४ गतेलाई लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .