ad ad

समाज


ननग्रेडेड सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने शिक्षामन्त्रीको निर्णय

ननग्रेडेड सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने शिक्षामन्त्रीको निर्णय

नेपालखबर
असार १५, २०८१ शनिबार ०:२६, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा अनुत्तीर्ण (ननग्रेडेड) सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निर्णय गरेको छ। 

शुक्रबार शिक्षामन्त्री सुमना श्रेष्ठले दुईभन्दा बढी विषयमा फेल भएका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने मन्त्रीस्तरीय निर्णय गरेकी हुन्।

परीक्षा बोर्डको लेटर ग्रेडिङ निर्देशिले दुईभन्दा बढी विषयमा अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन नपाउने भए पनि यसपटकदेखि नै नयाँ प्रणाली लागू गरेकाले एकपटक सबैलाई मौका दिने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिए।

उनले भने, ‘अब जतिवटा विषय लागेका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउँछन्। यसको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिइसकिएको छ। यसका लागि लेटर ग्रेडिङ निर्देशिकामा पनि परिमार्जन गर्नुपर्छ, थप कोचिङ कक्षाहरू पनि आवश्यक छ।’

प्रवक्ता दाहालका अनुसार पाठ्यक्रम विकास केन्द्र, सबै जिल्ला शिक्षा समन्वय इकाइ र राष्ट्रिय परीक्षा बोर्डलाई सबै विद्यार्थीलाई पूरक परीक्षामा सहभागी गराउने गरी काम गर्न निर्देशन दिइएको छ। बिहीबार प्रकाशित एसईईको नतिजाअनुसार १ लाख २६ हजार ४७९ विद्यार्थी दुईभन्दा बढी विषयमा अनुत्तीर्ण भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .