ad ad

समाज


खोकनामा राजेश हमालसहित किसानको धान रोपाइँ (तस्बिरहरू)

खोकनामा राजेश हमालसहित किसानको धान रोपाइँ (तस्बिरहरू)

सरोज बैजु
असार १५, २०८१ शनिबार १६:४, काठमाडौँ

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमाा आज २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ। 

विसं २०६१ मंसिर २९ गतेको मन्त्रीस्तरिय निर्णयबाट नेपालमा असार १५ गते धान दिवस मनाउन सुरू गरिएको हो। २०६२ असार १५ बाट सुरु भएको यो दिवसमा शनिबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत पनि सहभागी भएका छन्। 

यसैबीच ललितपुरको खोकनामा महानायक राजेश हमाल लगायतका कलाकारले किसानहरूसँग हिलो खेल्दै धान दिवस मनाएका छन्।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश जनतको पेसा खेतीपाती हो।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ।

 ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन्। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ।

तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .