ad ad

समाज


पछिल्लो २४ घण्टामा मुलुकको एक स्थानमा अति भारी वर्षा

पछिल्लो २४ घण्टामा मुलुकको एक स्थानमा अति भारी वर्षा

फाइल तस्बिर


नेपालखबर
असार १५, २०८१ शनिबार ११:४४, काठमाडौँ

पछिल्लो २४ घण्टामा मुलुकको एक स्थानमा अति भारी वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ११:३५ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार गत २४ घण्टामा बागलुङको गलकोटमा २२७.२ मिलिमिटर वर्षा भएको हो। 

२ सय मिलिमिटरभन्दा माथि पानी पर्नुलाई मौसमविद्को भाषामा अति भारी वर्षा भनिन्छ। 

महाशाखाको विवरणअनुसार यस अवधिमा हल्का, मध्यम, भारी र धेरै भारी वर्षा त मुलुकका धेरै स्थानमा भएको छ।

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिसम्मको वर्षालाई हल्का, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम, यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा मुनिको वर्षालाई भारी तथा यसभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। 

हेर्नुहोस् वर्षा मापनको नक्सा विवरण

यसबीच देशभरजसो वर्षा भएको छ भने यो क्रम अझै २/३ दिन जारी रहने मौसमविद्ले बताएका छन्। 

वर्षासँगै बाढी र पहिराेका कारण देशका विभिन्न स्थान जनधनको क्षति पनि भइरहेको छ। त्यसैले बेलैमा मौसमबारे जानकारी लिएर सतर्कता अपनाउन मौसमविद् सबै नागरिकलाई अनुरोध गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .