ताप्लेजुङमा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
तीर्थयात्री लिएर पाथिभरातर्फ जाँदै गरेको मे १ ज २१८६ नम्बरको जिप मंगलबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
घाइतेमध्ये ७० वर्षका धनबहादुर डाँगीको अवस्था गम्भीर रहेकाले उनलाई उपचारको लागि झापातर्फ लगिएको छ। बाँकी सबै घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ताप्लेजुङकै पाथीभरा याङवरक गाउँपालिकाबाट तिर्थ यात्री लिएर पाथिभरा मन्दिरको दर्शनका लागि जाँदै गरेका यात्रु सवार जिप दुर्घटनामा परेको हो।
जिप सडकबाट झण्डै ७० मिटर तल झरेको प्रहरीले जनाएको छ।
21
Shares

प्रतिक्रिया