ad ad

समाज


शिक्षा विधेयककाे विराेध : राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीले गरे एक घण्टा पेन डाउन

शिक्षा विधेयककाे विराेध : राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीले गरे एक घण्टा पेन डाउन

नेपालखबर
असोज ८, २०८० सोमबार १२:५३, काठमाडौँ

सरकारले गएकाे भदाै २७ गते संसद्‌मा दर्ता गरेको शिक्षा विधेयक विरुद्ध चरणवद्ध आन्दोलन गरिरका राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीले आज एक घण्टा पेन डाउन गरेका छन्।

सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संघीय संरचनाअनुरूप व्यवस्थापन गर्न संसद्‌मा दर्ता गरेको विधेयकप्रति राष्ट्रिय परीक्षा बोर्डका तीनवटै कर्मचारी संघ-संगठनले विरोध गर्दै आएका छन्।

चरणवद्ध संघर्षका कार्यक्रम अन्तर्गत आज बिहान १० बजेदेखि ११ बजेसम्म पेन डाउन गरिएको बोर्डस्थित नेपाल राष्ट्रिय कर्मचारी संगठन अध्यक्ष प्रकाश अवालेले जानकारी दिए। 

बोर्ड अन्तर्गत रहेका कर्मचारी संघ नेपाल, कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले शिक्षा विधेयकमा संशोधनका लागि सातबुँदे सुझाव दिएका छन्।

उनीहरुले सम्बन्धित सरोकारवालासँग छलफल नै नगरी सरकारले संसदमा विधेयक दर्ता गरेको भन्दे बिरोध गरेका छन्। 

विधेयकमा बोर्ड पूर्ण स्वायत्त हुनुपर्ने, राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत अस्थायी प्रकृतिका कर्मचारीको स्थायित्वको प्रक्रिया अगाडि बढ्ने गरी ऐनमा व्यवस्था हुनुपर्ने, बोर्डमा कार्यरत सबै कर्मचारीको पारिश्रमिक, सुविधा बढ्नुपर्ने, बोर्ड सदस्यहरुको मनोनयन गर्ने अधिकार बोर्डमै नै निहित हुनुपर्ने, बोर्ड अध्यक्षको नियुक्ति शिक्षा ऐन, २०२८ (आठौ संशोधन) ले व्यवस्था गरेबमोजिम हुनुपर्ने, बोर्डको सदस्य सचिव वरिष्ठतम अधिकृतमध्येबाट मात्र हुनुपर्ने र बोर्डमा हाल रहेका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र शाखा कार्यालयहरु यथावत् कायम राखिनुपर्ने माग बोर्डका कर्मचारीको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .