ad ad

कारोबार


मोबाइल फोन इम्पोर्टस् एसोसिएसनमा पुरानै समितिलाई निरन्तरता

मोबाइल फोन इम्पोर्टस् एसोसिएसनमा पुरानै समितिलाई निरन्तरता

नेपालखबर
असोज ८, २०८० सोमबार १२:५६, काठमाडौँ

मोबाइल फोन इम्पोर्टस् एसोसिएसनको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

साधारण सभाले आगामी २ वर्षका लागि दिपककुमार मलहोत्राको अध्यक्षतामा रहेको ९ सदस्यीय अघिल्यै कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरेको छ।

कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्षमा सञ्जय अग्रवाल, महासचिवमा अमित अग्रवाल, कोषाध्यक्षमा प्रभाकर थापा र अन्य सदस्यहरु पनि नयाँ कार्यसमितिमा यथावत रहने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ।

साधारण सभामा समितिका उपाध्यक्ष सञ्जय कुमार अग्रवालले स्वागत मन्तव्य दिएका थिए। भने महासचिव अमित अग्रवालले आर्थिक वर्ष २०७९/८० मा एशोसियसनले वर्षभरि गरेका गतिविधिको जानकारी गराएका थिए।

त्यस्तै कोषाध्यक्ष प्रभाकर थापाले आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। अन्त्यमा एशोसियसनका अध्यक्ष मलहोत्राले सभामा उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .