ad ad

समाज


आन्दोलनरत शिक्षकहरूसँग सिंहदरबारमा सरकारको वार्ता

आन्दोलनरत शिक्षकहरूसँग सिंहदरबारमा सरकारको वार्ता

सिंहदरबारमा शिक्षक र सरकारबीचको वार्ता। तस्बिर : गृहमन्त्रीको सचिवालय


नेपालखबर
असोज ५, २०८० शुक्रबार १५:१९, काठमाडौँ

सरकारले ल्याएको विद्यालय ऐनको विरुद्धमा तीन दिनदेखि आन्दोलनरत शिक्षकहरूसँग सरकारले आज पनि वार्ता गर्ने भएको छ। 

सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रबार दिउँसो सवा तीन बजेपछि दुई पक्षबीच वार्ता हुन लागेको हो। 

आजको वार्तामा शिक्षकहरूले उठाएका मागहरूका विषयमा सरकारले आधिकारिक धारणा राख्नेछ। यस्तै, आन्दोलनरत शिक्षक महासंघले पनि उठाउँदै आएका मागमा लचिलो हुन सक्ने नसक्ने प्रष्ट पार्नेछन्।

बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई लगायत उपस्थित हुनेछन्।

सरकारले औपचारिक वार्तामा आउन बिहीबार नै महासंघलाई पत्राचार गरेको थियो। त्यसपछि सरकार र महासंघले वार्ता समिति बनाएका थिए।

शिक्षकहरुका तर्फबाट नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधार, सहअध्यक्ष नानुमाया पराजुली लगायतका महासंघ पदाधिकारीहरु सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .