समाज


बल्ने ढुंगाको प्रलोभन देखाएर लुटिएको थियो बच्चुरामको ५० लाख

बल्ने ढुंगाको प्रलोभन देखाएर लुटिएको थियो बच्चुरामको ५० लाख

नेपालखबर
माघ १२, २०७६ आइतबार ८:५९,

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ३ का बच्चुराम गुरुङ कामनपा १५ भगवानपाउमा बस्दै आएका थिए। गत बिहीबार १० बजेको थियो। काठमाडौं तारकेश्वर नगरपालिका २ काभ्रेस्थली शान्तिधाम मन्दिर जाने कच्ची सडकमा वेद बहादुर भन्ने भीम बहादुर घर्ती मगरले मेरो बाजेसँग बल्ने ढुंगा रहेको गुरुंगलाई सुनाए।

बल्ने ढुंगा भन्नेबित्तिकै गुरुङ पनि लोभिए। भीमबहादुरले ५० लाख ल्याउन भने। सोहीअनुसार ५० लाख लिएर गएका गुरुङले बल्ने ढुंगा पाएनन्। बरु भीमबहादुरसहितका छ जनाले उनलाई खुकुरी, रड देखाएर आँखामा खुर्सानीको धूलो समेत छर्किएर उनको साथमा रहेको ५० लाख लुटपाट गरी फरार भए।

फरार भएका छ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा दाङ, पुरन्धारा गाउँपालिका खेप्ताङका भीमबहादुर घर्तीमगर, नुवाकोट दुप्चेश्वरका नकुर तामाङ, रसुवा आमाछोदिङमो ६ का दावा छिरिङ तामाङ, रामेछाप मन्थलीका कुमार बहादुर बुढाथोकी, रसुवा उत्तरगयाका तेन्जिङ बहादुर तामाङ र रसुवाकै सञ्जित वाइबा रहेका छन्।

भिडियाेः 

उनीहरुमध्ये सञ्जितको साथबाट नगद २३ हजार ५ सय, तेन्जिङको साथबाट ५ लाख ८० हजार, भीमबहादुरको साथबाट ३ लाख ५ हजार, नकुरको साथबाट ४ लाख ३१ हजार, कुमारको साथबाट २ लाख ५ हजार, दावा छिरिङको साथबाट ३ लाख ३१ हजार गरी कुल १८ लाख ७५ हजार ५ सय बरामद भएको महाशाखाले जनाएको छ। साथै डाँका गरी उनीहरुले एउटा मोटरसाइकल किनेको समेत खुलेको छ। लुटपाटका लागि प्रयोग भएका ३ वटा मोटरसाइकल, लुटेको पैसाले किनेको सुनको औँठी र विभिन्न कम्पनीका मोबाइलहरु प्रहरीले बरामद गरेको छ।

सञ्जितले डाँका गरी पाएको ५ लाखबाट २ लाख ११ हजार सानिमा विकास बैंकको खातामा जम्मा गरेका थिए भने पवित्र सुनचाँदी पसलबाट ७७ हजारको सुनको औँठी बनाएका थिए। त्यस्तै ओप्पो मोबाइल १९ हजारको सेट, घरको ऋण तिर्न दिदीलाई १ लाख पठाएका थिए।

प्रहरीका अनुसार भीमबहादुरले ७ लाख लिएका थिए। त्यसमध्ये लु५९प२१३५ नम्बरको २२० सीसीको पल्सर बाइक ३ लाख ३० हजारमा किनेका थिए भने नगरकोटमा एक रात बसेर लुटपाट रकम खर्च गरेका थिए। दावाले ५ लाख पाएका थिए। सोमध्ये डेढ लाख आफूले सापटी लिएको ऋण तिर्न खर्चिएका थिए। कुमारले ४ लाख ५० हजार पाएका थिए। त्यसमध्ये ७५ हजारको घरभाडा तिर्नुका साथै १ लाख २५ हजार ठेकेदारको ऋण तिरेको देखिएको छ।

त्यस्तै, नकुरले ५ लाख रकम लिएका थिए। उक्त रकमबाट ३० हजार फाइनान्सको किस्ता तिरेको र बाँकी नगद खाएर मासेको प्रहरी अनुसन्धानबाट खुलेको छ। यो समूहले अलौकिक चिजवस्तु देखाई मानिसलाई प्रलोभनमा पारेर एकान्तमा लगी लुटपाट गर्ने गरेको देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad