ad ad

समाज


पूर्वप्रेमीसँगको अश्लील भिडिओले आमा-छोरी यसरी पुगे मृत्युकाे मुखमा

पूर्वप्रेमीसँगको अश्लील भिडिओले आमा-छोरी यसरी पुगे मृत्युकाे मुखमा

अभियुक्त कर्णबहादुर बस्नेत र मारिएका आमा–छोरी।


दिनेश बुढा
असोज ५, २०८० शुक्रबार ८:५१, सुर्खेत

एक साताअघि सल्यानमा घरभित्रै जलाएर आमा छोरीको हत्या भएको घटनामा पूर्व प्रेम सम्बन्ध र अश्लील फोटो/भिडिओ प्रमुख कारण रहेको निष्कर्षमा प्रहरी पुगेको छ।

सल्यानको त्रिवेणी गाउँपालिका–२ झालेढुंगास्थित थापा टोलमा रहेको आफ्नै घरमा गएको भदौ ३० गते आमा-छोरीको शव फेला परेको थियो। 

सुकलाल थापाको टिनले छाएको एकतले कच्ची घरमा थापाकी श्रीमती वर्ष २९ कि रेवती थापा र उनकी छोरी ९ महिनाकी रितु थापा सुतेका थिए।

भदौ २९ गते राति सुतेका उनीहरु ३० गते बिहान अबेरसम्म नउठेपछि छिमेकीले ढोका खोलेर हेर्दा जलेको अवस्थामा आमा छोरी नै मृत भेटिएका थिए। 

त्यसपछि स्थानीयले इलाका प्रहरी कार्यालय लुहाम सल्यानमा खबर गरे। खबरपश्चात् लुहाम र प्रहरी चौकी काभ्राबाट प्रहरी निरीक्षक रेशमलाल पौडेलको कमाण्डमा सात ना प्रहरी टोली घटनास्थलमा पुग्यो। 

स्थानीयले ग्यास चुहाबटबाट लागेको आगोमा आमाछोरी जलेको अनुमान गरे। तर, घटनाको प्रकृतिअनुसार प्रहरीले हत्या भएको हुनसक्ने निष्कर्ष निकाल्दै सूक्ष्म अनुसन्धान अघि बढायो। 

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी नायब उपरीक्षक नवीन कार्की र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी वरिष्ठ नायब निरीक्षक नारायणप्रसाद शर्माको कमाण्डमा दुई जनाको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिए। 

प्रहरी नायब निरीक्षक विष्णु पौडेलको कमाण्डमा तालिम प्राप्त कुकुरसहितको टोलीले समेत घटनास्थलमा सुक्ष्म अनुसन्धान अघि बढायो।

अनुसन्धान पश्चात घटनास्थलको लाश जाँच मुचुल्का समेतको अनुसन्धान गरी प्रहरीले शव परिक्षणका लागि भेरी अञ्चल अस्पताल बाँके लग्यो।

शव परिक्षण पश्चात सदगदको लागि परिवारको जिम्मा लगायो। तर, प्रहरीले घटना कसरी र के कारणले भयो भन्ने कुराको गहिरो अध्ययन भने जारी राख्यो।

अनुसन्धान गर्दै जाँदा प्रहरीले मृतक रेवती थापाको मोबाइल फेला पार्‍यो। प्रहरीले रेवतीको मोबाइलबाट सुराक पत्ता लगाएर कर्णबहादुर बस्नेतबारे निगरानी सुरु गर्‍यो। 

निज बस्नेतको गतिविधि शंकास्पद देखिएपछि बुधबार उनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको थियो। 

अनुसन्धानका क्रममा प्रहरीले ग्यास लिक भएर घटना घटेको नभई आगो लगाएर आमाछोरीको हत्या गरिएको हुनसक्ने आशंका सुरुमै गरेको थियो। रेवतीको मोवाइल फोनबाट प्रहरीको त्यो शंका कर्णबहादुर बस्नेततर्फ सोझिएको थियो।

नभन्दै अनुसन्धान गर्दै जाँदा आमा छोरीको जलाएर विभत्स हत्या गर्ने बस्नेतनै रहेको निष्कर्षमा प्रहरी पुगेको छ। 

आमाछोरीको जलाएर भएको हत्या घटनामा संलग्न भएको भन्दै सल्यानकै सिद्धकुमाख गाउँपालिका–२, खानिगाउँ स्थायी ठेगाना भएका २८ वर्षीय कर्णबहादुर बस्नेतलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ। 

प्रहरीले बस्नेतलाई बुधबार शिद्धकुमाक गाउँपालिका–३ ढोरचौरबाट प्रक्राउ गरेको हो। 

प्रहरीकाअनुसार अभियुक्त कर्णबहादुरले मृतक रेवती थापासँग पुरानो रिस साध्नलाई विभत्स हत्या गरेको अनुसन्धानबाट खुलेको छ। 

अभियुक्त कर्णबहादुरको मृतक रेवती थापासँग झण्डै सात बर्ष अघि फेसबुकमार्फत चिनजान भएको थियो। सोही अनुसार उनीहरुबीच कुराकानी हुँदै जाँदा गहिरो प्रेम सम्बन्ध स्थापित भएको प्रहरी अनुसन्धाले देखाएको डीएसपी नवीन कार्कीले जानकारी दिए।

कर्णबहादुरले आफुहरुबीच प्रेम सम्बन्ध हुँदा पटक–पटक शारीरिक सम्बन्धसमेत स्थापित भई दुवैबीच विवाह गर्ने सहमति भएको बयान दिएका छन्। रेवती पनि कर्णबहादुर विवाहित भएपनि उनैसँग विवाह गर्ने निष्कर्षमा पुगेकी थिइन्।

प्रहरीका अनुसार यति मात्रै होइन उनीहरुबीच हुने शारीरिक सम्बन्धको क्रममा सहमतिमै अश्लील तस्वीर र भिडिओसमेत उनीहरुले खिचेका अनुसन्धानको क्रममा देखिएको छ। त्यो भिडिओ पछि रेवतीका पतिले समेत देखेपछि उनीहरुबीचको सम्बन्धमा केही समय समस्या आएको प्रहरीले जनाएको छ।

रेवती र कर्णबहादुरबीच प्रेम सम्बन्धमै रहेको समयमा अभियुक्त कर्णबहादुर वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१८ मा दुबई गएका थिए। कर्णबहादुर दुबईमा रहदा रेवतीले सोही ठाउँका सुकलाल थापासँग विवाह गरेको थिइन। 

उक्त विषयलाई कर्णबहादुरले धोका र इगोको रुपमा लिएपछि घटना घटेको निष्कर्षमा प्रहरी पुगेको छ। 

कर्णबहादुर विवाहित हुन्। उनको श्रीमति, एक छोरा र एक छोरी रहेको प्रहरीले जनाएको छ। तर,  रेवतीसँग दोस्रो विवाह गर्ने सहमतिसहित आफूहरुबीच यौन सम्बन्धसमेत स्थापित भएको बयान उनले प्रहरीलाई दिएका छन्। 

रेवतीले अर्कैसँग विवाह गरे पनि कर्णबहादुरसँग उनको सामाजिक सञ्जालबाट सम्बन्ध कायमै रहेको थियो। 

रेवतीको बिबाहपछि पुराना शारीरिक सम्बन्धको क्रममा सहमतिमा लिइएका अश्लील तस्वीर र भिडिओको बिषयमा रेवती र कर्णबहादुरबीच ठुलो मनमुटाव हुँदै समस्या उत्पन्न भएको प्रहरीको निष्कर्ष छ।

पछि सोही विषय बढ्दै जाँदा करिव ८ महिना अगाडिबाट कर्णबहादुरले दुबईमै रहेको समयमा नेपाल फर्कनासाथ रेवतीको हत्या गर्ने योजना बनाएको बुझिएको छ। त्यतिबेला विदा नमिलेकाले नेपाल आउन नपाएको बयान उनले प्रहरीलाई दिएका छन्।

रेवतीको हत्या गर्ने योजनासहित भदौ २६ गते दुबईबाट नेपाल आएका कर्णबहादुरले भदौं २९ गते राति उनको हत्या गरेको स्वीकार गरेका छन्। 

घाँटी थिचेर हत्या गरेपछि पेट्रोल छर्केर जलाए।

कर्णबहदुर दुबईबाट काठमाडौँ आएपछि भदौ २६ गते सल्यान गए। सुरुमा शिद्धकुमाख–२, खानीगाउँस्थित आफ्नै घरमा पुगे। 

घरमा दुई दिन बसेर कर्णबहादुर भदौ २९ गते स्थानीय श्रीनगर बजार पुगे। त्यहाँ उनले पेट्रोल र सलाई किने। दिनभर उनी बजारमै बसे। साँझपख उनी रेवतीको गाउँ तिर लागे। 

प्रहरीका अनुसार कर्णबहादुर हत्या गर्ने योजनाका साथ पेट्रोल र सलाई बोकेर साँझ नपर्दै रेवतीको गाउँ पुगेका थिए। तर, रात नपरेका कारण केही समय घर नजिकैको जंगलमा बसे। 

रातको ९: ५० बजे उनी मृतक रेवतीको घरमा पुगे। उनले ढोका खोल्न लगाए। ढोका खोल्नासाथ सुरुमा घाँटीमा कपडाले कसेर रेवतीलाई भुँइमा लडाए। 

त्यसपछि उनले विभत्स ढंगले शरीरमा पेट्रोल छर्की आगो लगाएपछि रेवती र ओछ्यानमा सुतिरहेकी नौ महिनाकी छोरी रितुलाई जलाएर हत्या गरेका प्रहरीले जनाएको छ। यी सबै अपराध उनले प्रहरी समक्ष स्वीकार गरिसकेका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .