ad ad

समाज


पर्सामा हत्या गरेको अवस्थामा घरभित्रै फेला पर्‍याे महिलाको शव

पर्सामा हत्या गरेको अवस्थामा घरभित्रै फेला पर्‍याे महिलाको शव

नेपालखबर
असोज ३, २०८० बुधबार ९:१५, काठमाडौँ

पर्साको जगरनाथपुर गाउँपालिकामा हत्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको छ।

जगरनाथपुर ५ मसियानीमा गएराति घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा ५५ वर्षीया कान्तीदेवी बिनको शव फेला परेको हो

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले हत्याराको पहिचान हुन नसकेको बताए।

‘घरमा एक्लै बस्ने (पति नभएकी एकल महिला) को हत्या भएको छ,’ डीएसपी थापाले नेपालखबरसँग भने, ‘कसले र किन हत्या गर्‍याे खुलेको छैन। हामी अनुसन्धान गरिरहेका छौँ।’

महिलाका छोराछोरी भए पनि उनीहरु बिवाह गरेर अलग्गै बस्ने गरेका प्रहरीले जनाएको छ। 

ती महिला जगरनाथपुर ५ मसिहानीस्थित गण्डक नहरको डिलमा रहेको घरमा एक्लै बस्दै आएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .