चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेकाे संख्या ५६ पुगेकाे छ। भाइरसबाट १ हजार ९७५ जना संक्रमित भएका छन्।
चीनका राष्ट्रपति सी चिनफिङले याे कुराको पुष्टि गरेका हुन्।
भाइरसको संक्रमण बढ्दै गएपछि चीनमा ठूलो संख्यामा यातायातका साधनमा रोक लगाइएको छ भने १३ सहर ठप्प छन्।
शनिबारसम्म मात्रै विश्वका अन्य भागमा २ हजारभन्दा बढी मानिस प्रभावित भएको चिनियाँ सञ्चारमाध्यम सीसीटिभीले जनाएकाे छ।
चीनको वुहान सहरस्थित समुद्री खानाको बजारबाट यो भाइरस सरेको विश्वास गरिन्छ।
नेपालमा पनि अहिलेसम्म एक जनामा यसको संक्रमण भएकाे पुष्टि भएकाे छ भने चीनबाट फर्केका अन्य तीन जनामा संक्रमणकाे आशंका गरिएको छ। उनीहरू अहिले अस्पताल भर्ना भएका छन्।
याे पनि :
-कोरोना भाइरस नियन्त्रण गर्न वुहानमा थपियो ५४० सैन्य स्वास्थ्यकर्मी, हालसम्म ४१ जनाको मृत्यु
-कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न डाक्टरकै मृत्यु
-चिकित्सकहरु भन्छन् : नेपालमा देखिएको ‘कोरोना भाइरस’ खतरनाक छैन, डराउनु पर्दैन

प्रतिक्रिया