टोटनहमका प्रशिक्षक जोसे माउरिन्होले जारी ट्रान्सफर विन्डोमा नै रियल मड्रिडका स्टार गेरार्थ बेललाई भित्र्याउने पहल तीव्र पारेका छन्।
जनवरीमा टोटनहमले गोड्सन फेर्नान्डोजलाई मात्रै भित्र्याउन सकेको छ। वेल्सका स्टार बेललाई क्लबमा पुनरागमन गराउने लक्ष्यका साथ माउरिन्हो लागेका हुन्।
यसअघि बेलले २००७ देखि २०१३ सम्म टोटनहमबाट खेलेका थिए। ह्यारी केन चोटका कारण पूरै सिजन मैदानबाहिर हुने भएपछि माउरिन्होले टोटनहमको अग्रपन्तिं बलियो बनाउँन बेललाई ल्याउने चाहना तीव्र पारेका हुन्।
३० वर्षिया बेलले हाल हप्तामा ६ लाख ५० हजार पाउण्ड पारिश्रमिक बुझ्दै आएका छन्। मड्रिडमा उनको २०२२ सम्म सम्झौता बाँकी छ। यस सिजनमा बेलले ह्यामस्ट्रङ र पिडौंलाको समस्याका कारण १५ खेलमात्रै खेलेका छन्।

प्रतिक्रिया