झापाबाट बीपी राजमार्ग हुँदै काठमाडौं आउँदै गरेको हायस गाडी आइतबार बिहान सिन्धुलीमा दुर्घटना भएको छ।
प्रहरीका अनुसार सिन्धुलीको कमलामाइ नगरपालिका २ ढुंग्रेभन्ज्याङमा बा.४ ख ६९६ नम्बरको हायस गाडी राजमार्गबाट करिब ३० मिटर तल खसेको हो।
दुर्घटनामा गाडीका चालक ४० वर्षीय मोहन महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था जटिल छ। उनीहरूको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ

प्रतिक्रिया