ad ad

समाज


गैरीगाउँ हत्याका आरोपित पक्राउ, एकै व्यक्तिले चारै जनाको हत्या गरेको निष्कर्ष

सीसीटीभी फुटेजका आधारमा पक्राउ परे आरोपीत
गैरीगाउँ हत्याका आरोपित पक्राउ, एकै व्यक्तिले चारै जनाको हत्या गरेको निष्कर्ष

नेपालखबर
भदौ ३१, २०८० आइतबार १५:१६, काठमाडौँ

काठमाडौंको गैरीगाउँमा शुक्रबार राति चार जनाको हत्या एकै व्यक्तिले गरेको निष्कर्षमा प्रहरी पुगेको छ। हत्यामा संलग्न रहेको अभियोगमा आइतबार विहान पक्राउ परेका व्यक्तिले नै चारै जनाको हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको हो।

उनलाई सीसीटीभी फुटेजमा देखिएको आधारमा प्रहरीले पक्राउ गरेको हो। उनीसँग थप सोधपुछको काम भइरहेकाले पूरा विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।

गैरीगाउँको दिव्य समिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या भएको थियो।

उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। हत्यामा प्रयोग भएको हतियार यसअघि नै प्रहरीले बरामद गरिसकेको थियो। घटना बारे जानकारी दिन प्रहरी कार्यालय पुगेका मोरङका दीपेन्द्र राईलाई प्रहरीले नियन्णमा लिएर सोधपुछ गरेको हो।

तर उनको संलग्नता नखुलेको प्रहरीको भनाई छ। उनी पनि शरीरमा रगत लागेको अवस्थामा प्रहरी कार्यालय पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .