ad ad

समाज


बाँकेको राप्ती सोनारीस्थित पूर्व-पश्चिम राजमार्गमा बम विस्फोट

बाँकेको राप्ती सोनारीस्थित पूर्व-पश्चिम राजमार्गमा बम विस्फोट

बम विस्फोटबाट परेको खाडल


नेपालखबर
भदौ ३१, २०८० आइतबार १२:२९, काठमाडौँ

बाँकेस्थित पूर्व-पश्चिम राजमार्गमा शक्तिशाली बम विस्फोट भएको छ।

द्वन्द्वकालीन मानिएको उक्त बम विस्फोटबाट राजमार्गमा ठूलो खाड परेको छ 

उक्त विस्फोटबाट बाँकेको सोनारी- ९, ढकेरीबाट तीन किलोमिटर पूर्वस्थित राजमार्गमा भएको हो

माओवादीले चलाएको द्वन्द्वकालमा बिच्छ्याइएको हुन सक्ने अनुमान गरिएको उक्त बम विस्फोटबाट मानवीय क्षति भएको छैन।

जिल्ला प्रहरी कार्यालय  बाँकेका डीएसपी नारायण डाँगीले मध्यराति नै उक्त बम विस्फोट भएको खुलेको छ।

डाँगीका अनुसार बस्तीभन्दा परको खाली ठाउँमा रातको समयमा विस्फोट भएकाले अन्य क्षति भएको छैन। 

उक्त बम विस्फोट भएको स्थानमा नेपाली सेना र प्रहरीको टोलीले पुगेर अनुसन्धान गरेको थियो। 

डीएसपी डाँगीका अनुसार सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गर्दा उक्त बम द्वन्द्वकालीन हुने अनुमान गरिएको छ।

अहिले खाडल परेको उक्त स्थानमा सडक विभागको टोली आएर मर्मतपछि दुईतर्फी यातायात सञ्चालनमा आइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .