ad ad

समाज


देशभरका अस्पताल ठप्प भएपछि सरकारले भन्यो : माग सम्बोधनका लागि वार्ताको पहल हुँदैछ

देशभरका अस्पताल ठप्प भएपछि सरकारले भन्यो : माग सम्बोधनका लागि वार्ताको पहल हुँदैछ

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०८० आइतबार ११:४३, काठमाडौँ

मकवानपुरको हेटौंडामा दुईजना डाक्टर कुटिएको विषयमा स्वास्थ्यकर्मीहरुले देशभर आन्दोलन थालेका छन्।

देशभरका स्वास्थ्यकर्मीले आइतबार देशभर स्वास्थ्य संस्था बन्द गरेपछि सरकारले वार्ताबाट समस्याको समाधान खोज्नुपर्ने जनाएको छ। 

अस्पताल तथा क्लिनिकमा आकस्मिकबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिएपछि स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर वार्तामा बस्न तयार रहेको जनाएको हो। 

‘नेपाल चिकित्सक संघको तर्फबाट पेशागत हकहित र सुरक्षाबारेका विषयवस्तुलाई तत्काल सम्बोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भदौ २९ को निर्णयले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहने गरी पाँच सदस्यीय वार्ता समिति गठन भइसकेको छ’, मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमले भनेका छन्, ‘वार्ताका लागि आव्हान भइसकेकाले नेपाल चिकित्सक संघका आधिकारिक प्रतिनिधिसँग यही आइतबार वार्ता हुने कार्यक्रम छ। छलफलवाट विवादको समाधानको पहल भइरहेको छ।’

उता शनिबार विज्ञप्ति जारी गर्दै चिकित्सक संघले सरकारी अस्पताल, निजी अस्पताल, मेडिकल कलेज तथा क्लिनिकको सेवा बन्द गर्ने घोषणा गरेको थियो। 

डाक्टरलाई कुटपिटमा संलग्नहरुलाई फौजदारी अभियोग तथा ऐनबमोजिम कारबाहीको सुनिश्चितताको माग पनि संघले राखेको थियो। 

गत बुधबार हेटौँडास्थित सन्चो अस्पतालका दुई चिकित्सकलाई चितवनमा मृत्यु भएका बिरामीबारे आफन्तहरुले कुटपिट गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .