ad ad

समाज


हेटौंडाको सन्चो अस्पताल परिसरमै कुटिए दुईजना डाक्टर

हेटौंडाको सन्चो अस्पताल परिसरमै कुटिए दुईजना डाक्टर

नेपालखबर
भदौ २७, २०८० बुधबार १७:१०, हेटौंढा

हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१ स्थित सन्चो अस्पतालमा कार्यरत दुईजना डाक्टरमाथि कुटपिट भएको छ। 

एक महिना अगाडि अस्पताल ल्याइएका बिरामीको उपचारमा डाक्टरले लापरबाही गरेको भन्दै दुईजनामाथि कुटपिट भएको हो।

सञ्चो अस्पतालमै पसेर डाक्टर विकास थापा र डाक्टर प्रशान्त बिडारीलाई युवाहरुको समूहले एक्कासि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। 

डेंगु र श्वासप्रश्वासको समस्या लिएर उपचारमा आएका एक बिरामीको सञ्चो अस्पतालमा उपचारपछि चितवन लगिएको थियो। त्यहीँ उपचारका क्रममा मृत्यु भएको एक महिनापछि डाक्टरमाथि हातपात गरिएको प्रहरीले जनाएको छ। यसबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .