ad ad

समाज


हेटौंडामा डाक्टरलाई कुटपिट गरेको अभियोगमा आमाछोरी पक्राउ

हेटौंडामा डाक्टरलाई कुटपिट गरेको अभियोगमा आमाछोरी पक्राउ

नेपालखबर
भदौ २८, २०८० बिहिबार १४:२९, हेटौंडा

हेटौंडामा दुईजना डाक्टरलाई कुटपिट गर्ने दुईजना पक्राउ परेका छन्। 

पक्राउ पर्ने दुई जना मृतकको श्रीमती र छोरी रहेको प्रहरीले जनाएको छ।

अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। हेटौँडा–१ स्थित सन्चो हस्पिटल प्रालिका चिकित्सकहरूलाई एक समूहले कुटपिट गरेको थियो। 

त्यसमध्ये दुईजना यो समाचार तयार पार्दासम्म पक्राउ परेका छन्। केही समयअघि चितवनमा मृत्यु भएका एक बिरामीका आफन्तहरूले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरमाथि कुटपिट गरेका हुन्।

डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै चिकित्सकमाथि कुटपिट भएको हो। 

सन्चो अस्पतालमा बिरामी हेरेर फर्किने क्रममा हेटौंडा अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका डाक्टर प्रशान्त बिडारी र सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापामाथि केही युवाहरुले हातपात गरेका हुन्।

गत साउन २५ मा डेंगुबाट मृत्य भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले चिकित्सकमाथि कुटपिट गरेका हुन्। 

कुटपिटबाट डाक्टर विडारीको आँखा र अनुहारमा चोट लागेको छ। डाक्टर थापाको गाला र अनुहार सुनिएको छ। 

एक महिनाअघि डेंगीका कारण मृत्यु भएका प्रधानको उपचारमा चिकित्सकले लापरबाही गरेको आरोप थियो। 

प्रधानको चितवनको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा २५ साउनमा मृत्यु भएको थियो। त्यसअघि प्रधानलाई उपचारका लागि सन्चो अस्पतालमा भर्ना गरिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .