ad ad

समाज


‘ओली बा’को मुख हेरिन् विश्वप्रकाशकी छोरी स्वीकृतिले (भिडिओ)

‘ओली बा’को मुख हेरिन् विश्वप्रकाशकी छोरी स्वीकृतिले (भिडिओ)

एमाले अध्यक्ष ओलीलाई मिष्ठान्न खुवाउँदै स्वीकृति


नेपालखबर
भदौ ३०, २०८० शनिबार ११:३०, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (शनिबार) ‘बासँग विद्यार्थी’  कार्यक्रममा सहभागी हुने भएका छन्। 

कार्यक्रम भक्तपुरको सल्लाघारीस्थित इम्पेरियल बेङ्क्वेटमा बिहान ११ः४५ बजे हुने उनले जानकारी दिएका छन्। 

कार्यक्रममा मध्यस्थकर्ता (मोडरेटर) स्वीकृति शर्माले गर्नेछिन्। उनी कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माकी छोरी हुन्। 

यसअघि भदौ २८ गते बुबाको मुख हेर्ने दिन गर्ने भनिएको ‘बासँग विद्यार्थी’ कार्यक्रम संविधानसभा अध्यक्ष एवं पार्टीका उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण रोकिएको थियो। हृदयाघातका कारण गत मंगलबार बितेका नेम्वाङको त्यही दिन (भदौ २८) अन्त्येष्टि गरिएको थियो। 

बुवाको मुख हेर्ने दिन ‘बा’ (ओली) सँग भेट गर्न नपाएकी आयोजकमध्येकी एक स्वीकृति शर्माले शुक्रबार ओली निवास (बालकोट) पुगेर ‘केपी बा’को मुख हेरेकी छन्।

त्यस क्रममा स्वीकृतिले एमाले अध्यक्ष ओलीलाई आफूले लगेका विभिन्न परिकार खुवाइन्। 

जसको टिकटक ओलीले सामाजिक सञ्जालमा राखेका छन्। 

स्वीकृतिलाई ओलीले छोरीकै रूपमा माया गर्ने गरेको उनको सचिवालयले जनाएको छ। 

स्वीकृतिका कारण ओली र विश्व प्रकाश एकअर्काका राजनीतिक प्रतिस्पर्धी भए पनि पारिवारिक र भावनात्मक रूपमा नजिक भएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .