ताप्लेजुङको मेरिङदेन गाउँपालिका(६ बिब्लाटे स्थितमा चट्याङले लागेर एकजना बालकको मृत्यु भएको छ।
बुधबार अपरान्ह ४ बजे स्थानीय ग्याबु शेर्पाको १६ वर्षीय छोरा फुर्बा शेर्पालाई चौंरी गोठाला गई गोठमा फर्किने क्रममा अबिरल वर्षासँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो।
थप अनुसन्धान तथा लाशको कानुनि प्रकृयाको लागि ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरीको टोली खटिएको उक्त कार्यालयले जनाएको छ।
33
Shares

प्रतिक्रिया