समाज


कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न डाक्टरकै मृत्यु

कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न डाक्टरकै मृत्यु

नेपालखबर
माघ ११, २०७६ शनिबार ४:२८,

चीनमा कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएका डाक्टरकै मृत्यु भएको छ।

चाइना ग्लोबल टेलिभिजन नेटवर्क(सीजीटीएन)का अनुसार हुबेई सिन्ह्‍वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको हो।

DrCorona
डा लियाङ वुदोङ (तस्बिरः मिरर डटको डट युके)

कोरोना भाइरसको संक्रमणबाट चिकित्सककै मृत्यु भएको सम्भवतः यो पहिलो घटना हो।

डाक्टर लियाङ कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटेको चिनियाँ सञ्चार माध्यमलले जनाएका छन्।

योसँगै चीनमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ। त्यस्तै १ हजार २ सयभन्दा बढी जनामा यसको संक्रमण भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।एजेन्सी

याे पनि : 

-चीनको वुहानमा कोठामै थुनिए नेपाली, सांघाई गएका उतै अड्किए

-वुहानबाट फर्किएका नेपालीमा कोरोना भाइरस भएको पुष्टि (अपडेटसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad