राति र हुस्सु लागेका बेला हुन सक्ने दुर्घटना रोक्ने उद्देश्यले सिरहामा ट्राफिक प्रहरीले ट्याक्टरमा टल्किने स्टिकर टाँस्ने अभियान थालेको छ।
सिरहास्थित पूर्व-पश्चिम राजमार्ग तथा जिल्लाभर शुक्रबारदेखि ट्याक्टरकाे पछाडि टेलरमा रिफ्लेकटिङ स्टिकर टाँस्ने अभियान सुरु गरिएकाे हो।

शुक्रबार पूर्वपश्चिम राजमार्गमा पर्ने बन्दीपुर, गोलबजार, मिर्चैया, लहान, धनगढीलगायत स्थानमा सयौं ट्याक्टरमा रिफ्लेकटिङ स्टिकर टाँसिएको सिरहा जिल्ला ट्राफिक प्रहरी कार्यालय (लहान)का प्रहरी निरीक्षक खगेन्द्र एक्टेनले जानकारी दिए।
राति र हुस्सु लागेका बेला ट्याक्टर नदेखेर अन्य गाडी ठाेक्किने सम्भावना बढी हुने हुँदा रिफ्लेकटिङ स्टिकर टाँस्ने अभियान सुरु गरिएको उनले बताए।


प्रतिक्रिया