दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र रश्मिका मन्दाना स्टार फिल्म ‘पुष्पा २’को प्रदर्शन मिति तय भएको छ।
फिल्म निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरेको हो। फिल्म सन् २०२४ अगस्ट १५ मा प्रदर्शन हुने छ।
निर्माण टिमले भारतको स्वतन्त्रता दिवसको अवसर पारेर फिल्म प्रदर्शन गर्न लागेका हुन्। फिल्मको नाम ‘पुष्पाः द रूल’ राखिएको छ।
यो फिल्मको छायांकन भैहरेको छ। सन् २०२१ मा रिलिज भएको ‘पुष्पाः द राइज’बक्स अफिसमा सफल भएको थियो।
फिल्मले विश्वभरबाट ३ सय करोड भारू कमाएको थियो। ‘पुष्पा’ सफल भएदेखि नै यसको सिक्वेलको चर्चा भइरहेको छ।
सुकुमार निर्देशित फिल्म ‘पुष्पा २’मा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका छ।
54
Shares

प्रतिक्रिया