ad ad

राजनीति


नेम्वाङको निधनमा एमालेले तीन दिनसम्म शोक मनाउने, झन्डा आधा झुकाउने

नेम्वाङको निधनमा एमालेले तीन दिनसम्म शोक मनाउने, झन्डा आधा झुकाउने

एमाले सचिवालय बैठकमा नेम्वाङको कुर्सीमा माला राखिएको छ। तस्बिर : दिनेश भण्डारी


नेपालखबर
भदौ २६, २०८० मंगलबार १२:३५, काठमाडौँ

नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ।

नेकपा एमाले केन्द्रीय सचिवालयको च्यासलमा बसेको आकस्मिक बैठकले यस्तो निर्णय लिएको हो। 

बैठक नेम्वाङको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो। पार्टीका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले नेम्वाङको अप्रत्यासित निधनमा दु:ख व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित गरिएकोबताए

उनले पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा मंगलबारदेखि तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको बताए। 

उनले पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको पनि बताए। त्यस्तै नेम्वाङको इलामस्थित निर्वाचन क्षेत्रमा स्थानीय तहसम्म शोक मनाउने निर्णय भएको ज्ञवालीले बताए। 

एमालेले मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसंगठनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय पनि गेको छ। त्यस्तै असोज २ गते केन्द्र र प्रदेशमा श्रद्धान्जली सभा आयोजना गर्ने निर्णय पनि भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .