ad ad

समाज


सहकर्मी युवतीसँग यौन क्रियाकलाप गर्ने अधिकृतलाई बाह्रदशी गाउँपालिकाले फिर्ता पठायो

सहकर्मी युवतीसँग यौन क्रियाकलाप गर्ने अधिकृतलाई बाह्रदशी गाउँपालिकाले फिर्ता पठायो

काजिमान राई


नेपालखबर
भदौ २५, २०८० सोमबार ९:०, काठमाडौँ

आफ्नै कार्यालयकी सहकर्मी युवतीसँग कार्यकक्षमै यौन क्रियाकलाप गर्ने इलामको माइजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई झापाको बाह्रदशी गाउँपालिकाले फिर्ता पठाएको छ। 

माइजोगमाई गाउँपालिकामा रहँदा आफ्नै कार्यालयकी लेखा अधिकृत (युवती) सँग राईले यौन हर्कत गरेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन्।

माइजोगमाईबाट सरुवा भएर यही भदौ १२ गते उनी बाह्रदशी गाउँपालिकामा हाजिर भएका थिए। तर उनलाई १० दिनपछि गाउँपालिकाबाट फिर्ता पठाउने निर्णय गरिएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाईले जानकारी दिए। 

‘उहाँलाई हामीले भदौ १२ गते गाउँपालिकामा हाजीर गरेका थियौँ,’ अध्यक्ष चम्लागाईले सोमबार बिहान नेपालखबरसँग भने, ‘भदौ १९ गते उहाँको भिडियो आयो। त्यसपछि गएको शुक्रबार गाउँ कार्यपालिकाको बैठक बसेर हामीले उहाँलाई फिर्ता पठाउने निर्णय गरेका हौँ।’

सहकर्मी युवतीसँगको अश्लिल हर्कतको भिडिओ सार्वजनिक भएपछि स्थानीयले राईलाई कार्यालयमा नराख्न भन्दै दबाब दिएका अध्यक्ष चम्लागाईको दाबी छ। 

‘त्यस्तो प्रमुख प्रशासकीय अधिकृतलाई यहाँ राख्नु हुँदैन भन्दै स्थानीयवासी गाउँपालिका नै घेर्न आउनु भयो,’ उनले भने, ‘त्यसतिबेला राई जी काठमाडौं जानु भएको थियो। मैले फोन गरेर अब तपाईं बाह्रदशी नआउनु, हामी अर्को अधिकृतको लागि पहल गर्छौं, तपाईं आफ्नो व्यवस्था गर्नुस् भन्ने खबर गरेँ।’ 

प्रमुख प्रशासकीय अधिकृत राईलाई फिर्ता पठाई नयाँ प्रशासकीय अधिकृत पठाउँन आफूले स्थानीय विकास मन्त्रालयलाई पनि पत्र पठाइसकेको उनले बताए। ‘अब एक दुई दिनमै नयाँ प्रशासकीय अधिकृत आउनु हुन्छ होला,’ चम्लागाईंले भने। 

यसअघि आफ्नै कार्यालयकी सहकर्मी युवतीसँग अमर्यादित गतिविधि गरेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि राईले चार वर्षअघि पाएको अवार्ड खोसिएको थियो। 

अकाउन्ट विलिटी ल्याब नेपालले सन् २०१९ मा दिएको अवार्ड महिला कर्मचारीसँगको अमर्यादित भिडिओ सार्वजनिक भएसँगै फर्ता गरेको थियो। 

इलामकै चुलाचुली गाउँपालिकामा कार्यरत रहेको बेला चार वर्षअघि अकाउन्ट विलिटी ल्याब नेपालले राईलाई उक्त अवार्ड दिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .