ad ad

कला


नेपालमा कन्सर्ट गर्दै जीटीभी–सारेगमपकी विजेता जेट्सिन डोना

नेपालमा कन्सर्ट गर्दै जीटीभी–सारेगमपकी विजेता जेट्सिन डोना

नेपालखबर
भदौ २५, २०८० सोमबार ९:२८, काठमाडौँ

भारतीय गायन रियालिटी शो ‘जीटीभी–सारेगमप लिटिल च्याम्प’की विजेता जेट्सिन डोना लामाले नेपालमा सांगीतिक कन्सर्ट गर्ने भएकी छिन्। 

आउँदो असाज ६ गते ललितपुरको गोदावरी सनराइज हलमा डोनाको कन्सर्ट हुने पक्का भएको छ। 

साधना कला केन्द्रले आयोजना गर्न लागेको कन्सर्टका बारेमा आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर कार्यक्रममो विषयमा जानकारी गराइएको छ। 

केन्द्रका अध्यक्ष मिलन मोक्तानले काठमाडौंको कपनमा रहेको बाल अपांग टेवा संस्थाको सहयोगार्थ कन्सर्ट गर्न लागिएको जानकारी दिए।

‘बाल अपांग टेवा संस्थामा आश्रित बालबालिकालाई विद्यालय जान समस्या भएको पायौं। ह्वीलचेयरमा उनीहरु विद्यालय जान सक्ने अवस्था देखिएन। यो कार्यक्रमबापत उठेको रकमको केही प्रतिशतले उनीहरुलाई गाडी वा भ्यान किन्ने उद्देश्य राखेका छौँ,’ मिलनले भने।

कन्सर्टमा नेपालकै १० जना संगीतवादकको सहभागिता रहने छ। ‘उनले १२ हिन्दी गीत गाउनेछिन्। केहि नेपाली गीत पनि प्रस्तुत हुनेछ,’ मिलनले भने। कार्यक्रममा नेपाली अपांग बालबालिकाहरुले पनि आफ्नो प्रस्तुति दिनेछन्।

बाल अपांग टेवा संस्थाका अध्यक्ष डेन्डी शेर्पाले संस्थाको सहयोगका लागि सांगीतिक कार्यक्रम गरिनु खुसीको कुरा भएको बताए। आयोजकका अनुसार जेट्सन यही सेप्टेम्बर १७ तारिखमा नेपाल आउनेछिन्।


कार्यक्रममा प्रत्यक्ष भिडियो संवादमा बोल्दै गायिका जेट्सिनले नेपालमा कन्सर्ट गर्न आउन लाग्दा उत्साहित भएको बताइन्। आफू गायक सबिन राई, १९७४ एडीलगायतका व्याण्डको फ्यान भएको उल्लेख गर्दै उनले ‘यो मन त नेपाली हो’ र ‘प्यार जिन्दगी’ बोलको गीत सुनाएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .