ad ad

समाज


गाउँपालिका कार्यालयभित्रै पुरुष र महिला अधिकृतबीच यौन क्रियाकलाप, बाहिरियो भिडिओ

गाउँपालिका कार्यालयभित्रै पुरुष र महिला अधिकृतबीच यौन क्रियाकलाप, बाहिरियो भिडिओ

नेपालखबर
भदौ २०, २०८० बुधबार ९:५७, काठमाडौँ

इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत (पुरुष) र लेखा अधिकृत (युवती) बीच कार्यकक्षमै भएको अनैतिक क्रियाकलापको भिडिओ बाहिरिएको छ। 

प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत (महिला कर्मचारी) ले कार्यकक्षमै अनैतिक यौन क्रियाकलाप गरेको भिडिओ सामाजिक सञ्जालमा यतिबेला भाइरल बनेको छ। 

कार्यालयमै जडित सीसीटीभी क्यामेरामा उनीहरूले कार्यकक्षमै गरेको अनैतिक क्रियाकलापको भिडिओ कैद भएको हो। सोही भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।

भिडिओ असार तेस्रो सातातिरकै भएको गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले बताए। 

‘प्रमुख प्रशासकीय अधिकृत राई सर साउनको पहिलो साता नै सरुवा भएर कोशी प्रदेश मुख्यमन्त्री कार्यालय विराटनगर गइसक्नु भएको छ,’ अध्यक्ष थेवेले नेपालखबरसँग भने, ‘त्यसैले यो भिडिओ असारको तेस्रो सातातिरकै हुनुपर्छ। उहाँ साउनको ४/५ गतेतिरै यहाँबाट जानु भएको हो।’

उनीहरु बीचको अनैतिक क्रियाकलापको भिडिओ आफूले पनि सामाजिक सञ्जालमा हेरेको उनले बताए। प्रमुख प्रशासकीय अधिकृत राई विवाहित हुन भने कर्मचारी युवती अविवाहित हुन्। 

सार्वजनिक भएको भिडिओमा प्रशासकीय अधिकृत राई पहिलेदेखि नै लेखा अधिकृत (महिला कर्मचारी)को कार्यकक्षमा बसिरहेका हुन्छन्। महिला कर्मचारी बाहिरबाट आफ्नो कार्यकक्षमा प्रवेश गर्दा राईसँग टासिँदै गएर आफ्नो कुर्सीमा बस्छिन्। 

त्यसपछि राईले महिला कर्मचारीको संवेदनशील अंगमा छुने, गालामा सुम्सुम्याउने क्रियाकलाप गर्छन्। त्यसपछि दुबैले एकअर्कालाई चुम्बन गर्ने लगायतका गतिविधि गरेको भिडिओमा देख्न सकिन्छ। 

हाल माईजोगमाई गाउँपालिकाका प्रशासकीय अधिकृत रहेका गोकुलप्रसाद संजेलले आफ्नो कार्यलयका पूर्व प्रमुख प्रशासकीय अधिकृत राई र महिला कर्मचारीबीचको अनैतिक गतिविधि आफूले पनि मंगलबार मात्रै सामाजिक सञ्जालमा हेरेको बताए। 

‘राई सर (प्रमुख प्रशासकीय अधिकृत काजिमान राई) आर्थिक वर्षको काम सकेर काठमाडौं जान्छु भनेर यहाँबाट हिँड्नु भएको हो, त्यसपछि फर्किनु भएको छैन,’ उनले नेपालखबरसँग भने, ‘महिला कर्मचारी अहिले पनि यहीँ कार्यरत हुनुहुन्छ।’

दुई कर्मचारीबीच अफिसको कार्यकक्षमै भएको अनैतिक क्रियाकलापको भिडिओ सुरुमा रुटिन अफ इलाम बन्द फेसबुक पेजले सार्वजनिक गरेको थियो। 

उक्त फेसबुक पेजले फरक फरक समयमा फरक फरक भिडिओ तीन पटक पोष्ट गरेको थियो। उक्त पोष्टमा इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई र लेखा अधिकृत (महिला)ले कार्यालयमै हर्कत गरेको उल्लेख छ।

कार्मचारीले कार्यकक्षमै अश्लिल हर्कत गरेको भिडिओ सार्वजनिक भएपछि यतिबेला उनीहरुको आलोचना भइरहेको छ। 

गाउँपालिका अध्यक्ष थेवेले नैतिक आचरणमा नरहने दुबै कर्मचारीलाई कारबाहीको लागि आफूले सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने बताए। 

हेर्नुहोस् सामाजिक सञ्जालमा सार्वजनिक भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .