ad ad

समाज


सबै प्रदेशमा वर्षाको सम्भावना, बाढी, पहिरो र भूक्षयको जोखिम

सबै प्रदेशमा वर्षाको सम्भावना, बाढी, पहिरो र भूक्षयको जोखिम

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
भदौ २४, २०८० आइतबार ७:१०, काठमाडौँ

यतिबेला (आइतबार बिहान) देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार यतिखेर गण्डकी र सुदूरपश्चिमका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का किसिमको वर्षा भइरहेको हो। 

उनका अनुसार अहिले काठमाडौं उपत्यकामा भने मौसम सामान्यतया बदली छ भने कतै पानी परेको छैन। ‘दिउँसो भने काठमाडौं उपत्यकामा वर्षाको सम्भावना छ’, उनले भनिन्। 

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो  सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बाँकी प्रदेशमा मौसम आंशिक देखि  सामान्यसम्म बदली  रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही  स्थान तथा बाँकी प्रदेशका  थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि  मध्यमसम्म  वर्षा हुने सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी  वर्षाको  समेत  सम्भावना छ।

यस्तै राति पनि देशभर मौसम आंशिकदेखि  सामान्यसम्म बदली रहनेछ। यस क्रममा लुम्बिनी,  गण्डकी  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थान तथा  बाँकी  प्रदेशका  थोरै  स्थानमा  मेघगर्जन/चट्याङसहित हल्कादेखि  मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका  एक/दुई स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। 

महाशाखाले आगामी  २४  घण्टा (सोमबार बिहान ६ बजेसम्म) का  लागि  चेतावनी  तथा  परामर्श  पनि जारी गरेको छ। 

जसमा भनिएको छ– बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही  स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित  हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। वर्षाका  कारण त्यस  क्षेत्रहरूबाट  बहने  नदीको  जलसतह  हल्का  बढ्नसक्ने, गेग्रान  बहाव,  बाढी,  पहिरो,  भूक्षयजस्ता  प्रकोप  हुनसक्ने भएकाले  जनस्वास्थ्य, कृषि,  दैनिक  जनजीवन,  सडक  तथा  हवाई  यातायातमा  हुनसक्ने  असुविधा,  जोखिम  रहने हुँदा सोबाट हुनसक्ने क्षतिबाट  बच्न  आवश्यक  सतर्कता  अपनाउन  हुन  अनुरोध  छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .