करिब १२ केजी ७ सय ग्राम चरेससहित थाइल्यान्ड जान तम्तयार तीनजनालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ।
बाटिक एयरमार्फत मलेसिया हुँदै थाइल्यान्ड जान लागेका उनीहरुको साथबाट ११ केजी ७ सय ग्राम चरेस बरामद भएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ।
उक्त परिमाणको चरेससहित पक्राउ पर्नेहरुमा सबै नेपाली नागरिक रहेका छन्।
उनीहरुमा पूर्वी रुकुमका ४१ वर्षीय दिपेश पुन, ४० वर्षीय विराज पुन र बाग्लुङका ३८ वर्षीय तेजबहादुर पुन हुन्।
उनीहरुलाई अहिले हिरासतमा लिएर अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ।
भदौ २२, २०८०, शुक्रबार
201
Shares
प्रतिक्रिया