ad ad

समाज


६० किलो सुन प्रकरणमा सुनचाँदी व्यवसायी संघका बारा अध्यक्ष पक्राउ

६० किलो सुन प्रकरणमा सुनचाँदी व्यवसायी संघका बारा अध्यक्ष पक्राउ

फाइल तस्बिर : शिवकुमार सरार्फ


नेपालखबर
भदौ २२, २०८० शुक्रबार ८:४७, काठमाडौँ

६० किलो सुन तस्करी प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  

उक्त प्रकरण अनुसन्धानका क्रममा सुनचाँदी व्यवसायी संघका बारा अध्यक्ष शिवकुमार सर्राफलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार राति बाराबाट पक्राउ गरेको प्रहरी प्रवक्ता डीआईजी कुँवेर कडायतले नेपालखबरलाई जानकारी दिए। 

योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २८ पुगेको छ।

गत साउन ३ गते हङकङबाट  ब्रेक सु भनेर भित्र्याइएको ६० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .