ad ad

समाज


संस्कृति नीति निर्माणका लागि कार्यदल गठन, संयोजकमा प्राज्ञ राई

संस्कृति नीति निर्माणका लागि कार्यदल गठन, संयोजकमा प्राज्ञ राई

नेपालखबर
भदौ १८, २०८० सोमबार १९:५८, काठमाडौँ

संस्कृति नीति निर्माणका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको संयोजकत्वमा १३ सदस्यीय कार्यदल बनेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट कार्यदल गठन भएको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भएपनि विगतमा संस्कृति माथि उल्लेख्य काम नभएको मन्त्री किरातीको धारणा छ।

नेपाली समाज र संस्कृति माथि प्राज्ञिक अध्ययन गरेर मात्र समाज राष्ट्रलाई समृद्धसाली बनाउन सकिने भएकोले आगामी दिनमा सँस्कृति माथि वृहत्तर अध्ययन गरिनुपर्ने मन्त्री किरातीले बताए।

नेपालको पर्यटन निति हवाई उड्डयन नीति र संस्कृति निति पुरानै भएकाले यसबाट ठोस परिणाम निकाल्न नसकिने भएकोले पनि मन्त्रलय अन्तर्गतका तिनै क्षेत्रको नीति निर्माण गरिने मन्त्री किरातीले बताएका छन्।

कुलपति भुपाल राईको संयोजकत्वमा गठित समितिमा पूर्व व्यवस्थापिका सांसद सदस्य मल्ल के सुन्दर, भाषा आयोगका सदस्य डा. अमर गिरी, संस्कृति महाशाखा प्रमुख दामोदर गौतम, संस्कृतिविद् डा. प्रेम खत्री, संस्कृतिविद् डा. डिल्ली ओली, पूर्वसचिव डा. मानबहादुर विश्वकर्म, प्राडा विपण पौड्याल, देवशरण यादव, संस्कृतिक अध्यता भोगिराज चाम्लिङ चलचित्र निर्देशक नवीन सुब्बा र सदस्य सचिवमा संस्कृति शाखा प्रमुख उपसचिव पुण्यमाया गुरागाँई रहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .